१० माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











