६ माघ, काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणका कारण बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय गर्ने जनाएको छ।

[sidebar name="button post"]









