४ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]











