२ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार ५६२ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनामा एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।
[sidebar name="button post"]











