२५ पौष, काठमाण्डौ। नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने २२४ जना संक्रमणमुक्त भएका छन् ,
हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन्।












