काठमाण्डौ उपत्यकामा थपिए २८५ जना कोरोना संक्रमित

१७ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २४४ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।