थप ३८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

१७ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ भने २५२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]