२३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

१६ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ भने २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकोम छ।

देशमा हालसम्म ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]