जब काठमाण्डौको हुस्सुले अन्तराष्ट्रिय विमानलाई ‘धोका’ दियो…

१६ पौष, काठमाण्डौ। पश्चिमी न्युनचापीय प्रणालीका कारण बाक्लो र हुस्सु लागेपछि नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल ठप्प हुन पुग्यो । शुक्रबार बिहानैदेखि हुस्सुले काठमाण्डौको आकाश धुम्मिदा अन्तराष्ट्रिय विमानस्थल ठप्प हुन पुगेको हो । जसकारण काठमाण्डौको हुस्सुले धोका दिएपछि घण्टौँ निजगढमाथि फन्को लगाएर अन्तराष्ट्रिय विमान लखनउ डाइभर्ट भएका छन् ।

शुक्रबार बिहानैदेखि काठमाण्डौमा बाक्लो हुस्सु र कुहिरो थियो । जसकारण आकाश खुल्न सकेन । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुई वटा विमान जिनगढमै फन्को लगाउन थाले । बिहान ८ बजे नै निजगढमाथि आइपुगेका विमानले बिहान साढे १० बजेसम्म फन्को लगाइरहेका थिए ।

उनीहरुले फन्को लगाउँदा दोहाबाट आएको हिमालय एयरलाइन्स थपियो । त्यसको केहीबेरमा कतार एयरलाइन्सको विमान पनि निजगढकै आकाशमाथि चक्कर लगाउन थाल्यो । तर काठमाडौँको मौसम भने खुलेन । चिसो त्यत्तिकै बढेका बेला आकाश धुम्मिएकै थियो ।

निजगढीमाथि जजिरासँगै कतार, हिमालयन, फ्लाई दुबई र नेपाल एयरलाइन्सको विमानले ट्राफिक जाम भयो । ८ वटा जहाजले लगातार फन्को लगाउन थाले । तर पनि काठमाण्डौको आकाश खुलेन । त्यतिञ्जेलसम्म कुवेत र कतारबाट काठमाण्डौ आइपुग्ने इन्धन खर्च भइसकेको थियो ।

तर काठमाण्डौको हुस्सुले लगातार तीन घण्टासम्म ‘धोका’ दिएपछि विमान डाइभर्ट भएका थिए । सुरुमा आएको जजिरा बंगलादेशको ढाका डाइभर्ट भयो । त्यसपछि हिमालय एयरलाइन्सको दुई विमान पनि ढाका नै पुगेर अवतरण गरे ।

कतार एयरवेजको विमान भने कोलकत्ता डाइभर्ट भएपछि पनि काठमाण्डौ आएको छ । जुन अवतरणको क्रममा छ । यस्तै हिमालय एयरलाइन्सका पनि अवतरणको क्रममा छ । झण्डै पाँच घण्टा ठप्प भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बिहान ११ बजेपछि मात्रै खुलेपछि विमान अवतरण हुन थालेका हुन् ।

यसरी घण्टौ आकाशमा फन्को मार्न पुगेका विमानभित्र रहेका यात्रु भने उकुसमुकुस हुन पुगेका अनुमान छ । पश्चिमी वायुलले प्रभावले काठमाण्डौका वर्षा र हिमपात हुँदा पनि आन्तरिक तथा बाह्य उडान प्रभावित भएका थिए ।

[sidebar name="button post"]