बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान ठप्प, ७ वटा विमान काठमाण्डौको आकाशमा फन्को मार्दै

१६ पौष, काठमाण्डौ। बाक्लो कुहिरो र हुस्सुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएपछि ७ वटा अन्तराष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन् ।

काठमाण्डौको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन र कतार तथा फ्लाई दुबईका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाइरहेका हुन् ।

बिहान सबैभन्दा पहिले आएका जजिरा एयरलाइन्सका दुई विमान जिनगढको आकाशमाथि होल्ड भएका थिए । त्यसपछि हिमालय एरलाइनसको विमान थपियो । त्यसको केही समयमा कतार र फ्लाई दुबईको विमान निजगढको आकाशमाथि फन्को लगाउन पुगेका हुन् । केहीबेरअघि हिमालय एयरलाइन्सका थप दुई विमान पनि निजगढको आकाशमाथि फन्को लगाइरहेका छन् ।

हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका हुन् । हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन् ।