१५ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
६ हजार ८१४ जनामा पीसीआर परीक्षण गरिएकोमा २३५ जनामा र २ हजार ८३ जनामा एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शुन्य छ। त्यस्तै २२८ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशमा हालसम्म ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]











