१३ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८ हजार ५३६ जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा र ४ हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा २ जना संक्रमितकोम मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशमा ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।












