Ad #144479

९ पौष, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवा पौष अन्तिममा भारत जाने प्रधानमन्त्री देउवाको तयारीमा छन् । भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री देउवालाई निम्ता पठाएपछि उनी भारत जान लागेका हुन् ।

गुजरातको गान्धीनगरमा सन् २०२२ को १० देखि १२ सम्म भाइब्रेन्ट ग्लोबल समिट हुन लागेको हो। उक्त समिटका लागि प्रधानमन्त्री देउवालाई पनि निम्तो आएको बताइएको छ ।

तीन दिनसम्म चल्‍ने सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्। पहिलो भाइब्रेन्ट गुजरात समिट सन् २००३ मा आयोजना गरिएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।