थप २९३ जनामा कोरोना संक्रमण

८ पौष,काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]