७ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।
हाल देशभर ५ हजार १८५ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









