नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण

६ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]