थप १८१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

४ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २८९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ जना रहेका छन् ।

[sidebar name="button post"]