पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

२ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ६९१ जनामा पीसीआर परीक्षण गरिएकोमा २६९ जनामा र १ हजार ३२५ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]