२० मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार ११४ जनामा पीसीआर परीक्षण गरिएकोमा २३८ जनामा र १ हजार ५०३ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३५७ जना कोरोनामुक्त भएका छन्।
हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









