थप १५८ जनामा कोरोना संक्रमण

१२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार ६०४ जनामा पीसीआर परीक्षण गरिएकोमा १५४ जनामा र २ हजार ३१४ जनामा एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४२ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]