थप २१३ जनामा कोरोना संक्रमण

११ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]