१० मंसिर, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय २९ पीसीआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टिजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना निको भएका छन् ।
[sidebar name="button post"]









