काठमाण्डौ उपत्यकामा थपिए १३० जना कोरोना संक्रमित

९ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ७८ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।