६ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार ९२१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा र २ हजार ७७६ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७ हजार २६९ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









