थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

३ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३६९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।