थप २९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको पीसीआर परीक्षणमा २७२ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने २६० जना कोरोना संक्रमणमुक्त भएका छन्।