२६ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १३४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ९३२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ३८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् ।












