Ad #144479

२४ कार्तिक, काठमाण्डौ । भारतका योगगुरू बाबा रामदेव काठमाण्डौ आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाण्डौ आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाण्डौ आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।