थप ३९० जनामा कोरोना संक्रमण, १ को मृत्यु

२३ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ र १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४८४ जना कोरोना संक्रमणमुक्त भएका छन्।