थप १४३ जनामा कोरोना संक्रमण, ९ जना संक्रमितको मृत्यु

२१ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ९८० जनाको पीसीआर परीक्षणमा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन्।