काठमाण्डौ उपत्यकामा थपिए ७८ जना कोरोना संक्रमित

१९ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ४३ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।