थप १८३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

१९ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ३०७ जनाको पीसीआर परीक्षणमा १७४ र २ हजार ५३७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६४९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]