काठमाण्डौ उपत्यकामा थपिए १७५ जना कोरोना संक्रमित

१७ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १३१ जना, भक्तपुरमा १७ जना र ललितपुरमा २७ जना कोरोना संक्रमित थपिएका हुन् ।