१७ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५७७ जनाको पीसीआर परीक्षणमा ३९५ र ३ हजार ३३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]









