थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

१६ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ ।