थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

१५ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६८ जनाको पीसीआर परीक्षणमा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४९० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।