१४ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ७ सय ३१ पीसीआर परीक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ भने ५१८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।












