काठमाण्डौ उपत्यकामा थपिए २२२ जना कोरोना संक्रमित

५ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।