थप ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

४ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ११ हजार ३१५ सक्रिय संक्रमित रहेका छन्।