काठमाण्डौ उपत्यकामा थपिए २५३ जना कोरोना संक्रमित

३ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १९५, भक्तपुरमा २३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।