सिन्धुपाल्चोक केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

१ कार्तिक, काठमाण्डौ। सोमबार दिउँसो काठमाण्डौ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महशूस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।