२६ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९१० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ जना रहेको छ ।












