२५ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने ८ सय ८८ जना निको भएका छन्।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ ।












