१९ असोज, एजेन्सी । करिव ६ घण्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन् ।
फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन्।
यस अघि सन् २०१९ मा फेसबुक १४ घण्टा बन्द भएको थियो।
हिजो फेसबुक २ कारणले दबाबमा थियो । पहिलो– स्टक बजारमा घट्दो सेयर र दोश्रो– आज अमेरिकी संसद्मा फेसबुकबारे छलफल हुँदैछ ।













