१४ असोज, काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ ।
काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा बिहीबार जारी आदेशमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिप्रकाले आग्रह गरेको छ।
यस्तै सार्वजनिक यातायातमा निर्धारित सिट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनको आग्रह छ। अर्को आदेश जारी नभएसम्मका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।














