१४ असोज, काठमाण्डौ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडा दशैंको शुभसाइतबारे जानकारी गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो ।
गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ ।
२१. असोज, बिहीबार – नवरात्रारम्भरघटनास्थापना, बिहान ११ : ४६ बजे ।
२२. असोज, शुक्रबार – झन्डा फेर्ने, बिहान ११ : ५६ बजे । ‘पश्चिम मोहडा’
२५. असोज, सोमबार – श्री पचलीभैरव यात्रा ।
२६. असोज, मंगलबार – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: ११ बजे । स्थिरासन बिहान ८ : ४४ बजे ।
२७. असोज, बुधबार – महाअष्टमी, कालरात्रि ।
२८. असोज, बिहीबार – महानवमी ।
२९. असोज, शुक्रबार – विजया दशमी, देवी विर्सजन बिहान ८: १९ बजे । टीका – बिहान १०: २ बजे ( पूर्व मोहडा ) श्री तुलजाभवानी यात्रा बिहान ७: १ बजे । स्थिरासन बिहान ८: ३२ बजे, खड्गयात्रा ।
२. कात्तिक, मंगलबार – अखिलबलिपूर्ति ।
२. कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।












