Ad #144479

११ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् ।