१० असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु छ। त्यस्तै १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर १९ हजार १४२ सक्रिय संक्रमित रहेका छन्।












