Ad #144479

९ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३११ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमितको मृत्यु भएको छ।त्यस्तै १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्।