२ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,२३४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ ।












